४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

spot_img

काठमाडौं गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् ।

लामिछानेले संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई चुनौती दिएका हुन् । 

काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए । उनले भने, ‘काङ्ग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’

ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनीति हो ? उनले काङ्ग्रेस लाई प्रश्न गरे। 

संसदमा नेपाली कांग्रेसले राजीनामा मागेपछि आक्रोशित देखिएका लामिछानेले ठूला व्यक्तिहरु समातिन थालेपछि कांग्रेस आत्तिएको बताए ।