हुम्लाको अदानचुलीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

spot_img

हुम्ला – हुम्लामा शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको  छ। हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका– ४ मा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो।

पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए। सु.प ०१००१ नम्बरको बलेरो जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रविन्द्र खनालले बताए। घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।