जीवी राई आकाश वा पातल जहा भए पनि समात्छौँः गृहमन्त्री रवि लामिछाने

‘झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनेले नै मेरो राजीनामा माग्दै रोष्टम घेरे’

spot_img

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जीवी राई आकाशवा पातल जताभए पनि समातिने बताउनु भएको छ ।

काठमाडौंको कालिमाटीमा पार्टीले आयोजना गरेको बर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयमा विशेष सम्बोधन कार्यक्रममा उहाँले भन्नुभयो उपप्रधान एवं गृहमन्त्री लामिछानेले भन्नुभयो आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ। पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं। पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न। तर, वास्तविक पीडितको पक्षमा काम गर्छौ।

गृहमन्त्री लामिछानेले कांग्रेसले आफनो राजीनामा मागेको सन्दर्भमा उहाँले भन्नुभयो सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु। जवाफ काठमाडौं क्षेत्र नम्बर ४ मा दिन पाए झनै राम्रो। जवाफ दिन म कहाँ आउँ? उहाँले प्रश्न गर्नुभयो यो बहस अदालतमा चलेको मुद्दामा प्रतिवादी नभएको व्यक्ति कसरी दोषी हुन्छ? लामिछानेले भन्नुभयो ‘यस बिषयमा प्रधानमन्त्री जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु ।’

उहाँले आफुहरु प्रश्न रहित नभएको स्पष्ट पार्दे आफुहर कुनै दलको पछि नलागेको तर सँगै हिड्ने कोशिस थालेका बताउनु भयो । सँगै हिड्न नसकेका दिन सहयात्रा टुंगिन्छ उहाँले भन्नुभयो ‘विधि स्थापित गर्न सरकारमा गएका हौं। नेताहरु बिग्रेलान भनेर सरकारका नजान आग्रह गरिएको थियो। तर, हामी बिग्रन्नौं। बिग्रने र काम नगर्ने छुट हामीलाई छैन। जिम्मेवारी पाएपछि सक्दैनौं भन्ने पिठ्यूँ फर्काएर भाग्दैनौं। सरकारमा बसेर अनैतिक काम गर्दैनौं।’

उहाँले भन्नुभयो ‘कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन्। तिनीहरु फुत्किन खोज्छन्। तर, तिनलाई होसियारी पूर्वक समाइन्छ।’ कृष्णबहादुर महरालाई स्वास्थ अवस्थाका कारण हाजिरी जमानतमा छोडिनुलाई शंका गर्नु नहुने भन्दै उहाँले उहाँमाथि अनुसन्धान जारी रहने जानकारी बताउनु भयो ।

प्रधानमन्त्रीले अहिलेको जस्तै आँट कायमै राख्नुभयो भने धेरै काम हुने दाबी गर्दे उहाँले प्रधानमन्त्रीको कार्यकाल भागबण्डा नगरिएको स्पष्ट पार्नुभयो ।

कम्तिमा ०८४ सम्म योगदानको हिसाब नमागौं। पार्टीले सबैलाई न्याय दिन्छ। आजको दिन नै अन्तिम हो,अहिले थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम(२ को उप-निर्वाचन जित्ने दाबी गर्नुभयो ।