तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदै: जोगिरा सररर……

spot_img

काठमाडौं । तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ । तराईमा पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाउने परम्परा रहेको छ ।

तराई क्षेत्रमा आज होली पर्व मनाइँदै « Tulsipur Khabar

तराई क्षेत्रमा अबिर तथा विभिन्न किसिमका रंग एकआपसमा लगाएर, पिचकारीले रंग मिसाएको पानीले छ्याप्दै, एकअर्काप्रति शुभकामना व्यक्त गरेर होली पर्व मनाउने चलन छ । तराईमा विशेष गरि होली खेल्दै, पानी छ्याप्दै जोगिरा सररर भन्दै गीत गाउने पनि चलन छ ।

मधेश तथा तराई क्षेत्रमा आज होली पर्व मनाइँदै - bampijhyala.com

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई दिनसम्म होली मनाउने चलन छ । होली पर्व मनाउन आज सरकारले तराई जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।