पाणिनिको अडगुरीमा भलिवल खेल प्रतियोगिताको नतीजा सार्वजनिक, पणेनालाई पालिका कप र झन्द्रेकलाई वडा अध्यक्ष कप प्राप्त( तस्बिर सहित)

spot_img

-डिआरजी सुमन ।

अड्गुरी । अर्घाखाँची डटकम । स्थानीय स्तरका खेलाडी प्रोत्साहन कार्यक्रम स्वरूप “समाजको विकास युवाको साथ” मुख्य नारा वनाएर पाणिनी गाँउ पालिका वडा नं ७ अड्गुरीमा संचालित भलिवल खेल प्रतियोगिताको प्रथम पालिका स्तरिय खेलमा पाणिनि ७ अडगुरी , पाणिनि १ पणेना र पाणिनि ३ खिदिम गरी तीन टिम सहभागी भएकोमा पाणिनि गाँउ पालिका वडा नं १ पणेनाले प्रथम पुरस्कार प्राप्त गरेका छ भने पाणिनि गाँउ पालिका वडा नं ३ खिदिमले द्वितीय र पाणिनि गाँउ पालिका वडा नं ७ अडगुरीले तृतीय स्थान हाँसील गरेको छ ।

May be an image of 4 people, people smiling and text

पाणिनि गाँउ पालिका वडा नं ७ को आर्थिक व्यवस्थापन तथा गणतन्त्रिक सृजनशील युवा कल्व अडगुरीको आयोजनामा संचालित तीन दिने प्रथम पालिका स्तरिय तथा द्वितीय वडा अध्यक्ष कप भलिवल खेल प्रतियोगितामा प्रथम वडा अध्यक्ष कप तर्फका खेलमा साविक अडगुरी ५ झन्द्रेक प्रथम, साविक अडगुरी ८ दुविचौर द्वितीय र साविक अडगुरी ७ ढाक्रेवाँसले तृतीय स्थान प्राप्त गरेका छन ।

May be an image of 9 people and text

पाणिनि गाँउ पालिका वडा नं ७ स्थित अडगुरीवाट ९ टिमको सहभागिता रहेकोमा पाणिनि गाँउ पालिका स्तरिय टिममा भने ३ टिमले मात्र सहभागिता जनाएको आयोजक संस्था गणतान्त्रिक सृजनशील युवा कल्व अडगुरीका अध्यक्ष संदीप पोखरेलले वताउनु भएको छ ।

May be an image of 4 people, people smiling and text

तीन दिन सम्म संचालित भलिवल खेल प्रतियोगिताको मुख्य रेफ्रिमा पाणिनि स्पोर्ट्स एकेडमी का अध्यक्ष भरत पुनः र सहायक रेफ्रिमा पाणिनि स्पोटर्स एकेडमी का सदस्य दान वहादुर रोकाह ले रेफ्रीको भूमिका निभाई रहदै खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो ।

May be an image of 6 people and text

पाणिनि गाँउ पालिका वडा नं ७ स्थित वुढाखोला खेल मैदानमा आयोजित भलिवल खेल प्रतियोगिता पुर्व निर्धारित समय तालिका भन्दा एक दिन पश्चात समापन भएको हो । पाणिनि गाँउ पालिका वडा नं ७ स्थित खेल मैदान वाट अर्घाखाँची डटकम को प्रत्यक्ष प्रसारण रहेको थियो भने खेल मैदानमा पनि सयौँ दर्शकले प्रत्यक्ष खेलको मनोरन्जन लिएको अवस्था पाईएको थियो ।

May be an image of 6 people and text

 

भलिवल खेल प्रतियोगिताको अन्तिम दिन औपचारिक कार्यक्रमको समापन सत्र अन्तर्गत पुरस्कार वितरण समारोहमा प्रमुख अथितीको आथित्यता ग्रहण गर्दै पाणिनि गाँउ पालिका वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारी द्वारा खेलाडीलाई वधाई तथा हौसला व्याक्त गर्दै पाणिनि गाँउ पालिका वडा नं ७ कार्यालय ले यस प्रकारका खेल-कूद प्रतियोगिता कार्यक्रम लाई आगामी वर्ष पनि अझ व्यावस्थित तवरले निरन्तरता दिने प्रतिवद्दता व्याक्त गर्नु भएको छ ।

तस्वीर : डिआरजी सुमन,अडगुरी, अर्घाखाँची डटकम ।

 

May be an image of 3 people and text

May be an image of 4 people and text

May be an image of 8 people and motorcycle

May be an image of 8 people and text

May be an image of 4 people and text

May be an image of 10 people, people smiling and text

May be an image of 4 people, people smiling and text

May be an image of 3 people and text

May be an image of 6 people and text

May be an image of 11 people and text