इलाम–२ मा मिलन लिम्बूलाई उम्मेद्वार बनाउने रास्वपाको तयारी

spot_img

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार उठाउने तयारी गरेको छ । तर उम्मेद्वारी घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने जनाइएको छ । प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम रहेको रास्वपाका एक नेता बताउँछन् ।

लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन् । रास्वपाबाट उम्मेदवार हुनका लागि डिकबहादुर तामाङ, मिलन लिम्बू र महेन्द्र थापालगायतका व्यक्तिको चर्चा भइरहेको छ ।

‘प्राइमरी इलेक्सन घोषणा गरेर उम्मेदवारी दर्ता गराएकाले यसको प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ,’ रास्वपाका एक भन्छन्, ‘उम्मेदवारमा मिलन लिम्बूको बढी सम्भावना देखिएको छ ।’ उम्मेदवार घोषणाका लागि चैत १६ गते पार्टी सभापति लामिछाने इलाम जाँदैछन् ।