कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा, बेपत्ता युवकको खोजी स्थगित

spot_img

काठमाडौं । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेकामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई  सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइने बताइएको छ ।

यस्तै  बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको खोजी स्थगित गरिएको छ ।

मंगलबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले खोजी गरेपनि उनी नभेटिएको प्रहरीले जनाएको छ । साँझ परेका कारण मंगलबारलाई खोजी कार्य स्थगित गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

 

सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए । उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिएपनि शाही भने नदीमै बेपत्ता भएका थिए ।