राज्य व्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री लामिछानेसँग सोधपुछ गर्दै

spot_img

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफलका लागि आज गृहमन्त्री रवि लामिछाने लाई बोलाएको छ ।

गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको समितिले जनाएको छ ।

समितिको बैठक बुधबार बिहान ११ बजे सिंहदरवारमा बस्ने छ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ।