सहकारीको विषयमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने

spot_img

काठमाडौं । उपप्राधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिनुभएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभयो । उहाँले अनुसन्धानमा आफूले कुनै किसिमको प्रभाव नपार्ने स्पष्ट पार्नुभयो ।

बैठकमा कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएकाले अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भने पछि जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले अनुसन्धानमा आफ्नो प्रभाव नपर्ने बताउनुभयो । उहाँले सहकारीका विषय आफ्नो नाम आएको भन्ने आफूले सुनेको उल्लेख गर्दै त्यसमा नाम बाहेक अरु केही नरहेको स्पष्ट पार्नुभयो ।