रास्वपाले मिलन लिम्बूलाई दियो इलाम २ को टिकट

spot_img

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । 

आज भएको प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता ढकालले बताए । प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको परेको थियो ढकालका अनुसार  लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

लिम्बूले नेकपा माओवादी छाडेर इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

भूगोल बुझेको उम्मेदवार भएकाले उनलाई छनोट गरेको ढकालको भनाइ छ । लिम्बू फोनिजका केन्द्रीय महासचिव हुन् ।