टी-२० सिरिज : नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सको दोस्रो खेल आज

spot_img

काठमाडौँ- नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।

शुक्रबार भएको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको थियो ।

थाहा खबर: नेपाल 'ए' ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्ने

यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिकाअनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।