दोस्रो टी-२० आयरल्याण्ड ए सँगको खेलमा नेपाल ए पराजित

spot_img

काठमाडौं । आयरल्याण्ड ए सँगको दोस्रो टी-२० खेलमा पनि नेपाल ए पराजित भएको छ ।

आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रनमा अलआउट भयो । नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।