गुलसनको उत्कृष्ट बलिङ सगै ९८ रनमै रोकियो गुजरात

spot_img

काठमाडौं – गुलसन झाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । गुलसन एक्लैले चार विकेट लिएको खेलमा गुजरातले १८.२ ओभर खेल्दा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले तीन विकेट लिए भने सोमपाल कामीले एक विकट लिए ।

दुई विकेट रन आउट हुँदा गुजरातले १८.२ ओभरमा ९८ रन मात्र बनाउन सक्यो । ९९ रनको लक्ष्य पाएको नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।