शितगङ्गा सेवा समाजद्वारा हरि माबीमा पुर्व शिक्षक सम्मान तथा बिपन्न बिधार्थीलाइ शैक्षिक सामाग्री बितरण (तस्बिर सहित) 

spot_img

-युवराज पौडेल , अर्घाखाची ।

शितगङ्गा नगरपालिकाबाट देश बिदेशमा रहनु भएका युवा युबतिबाट संचालित शितगङ्गा सेवा समाज २०७४ सालमा स्थापना भएको थियो।

सस्थाको स्थापना देखि विभिन्न बिद्यालयमा सन्योजक बनाएर आर्थिक सन्कलन गरि कम्युटर लगाएत शैक्षिक सामाग्री बितरण गर्दै आएको  छ। शितगङ्गा नगरपालिका वाड न ५ गल्दा हरि मावि बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाइ अति आबस्यक एक थान १००० लिटर स्टिल खाने पानी ट्याङ्की १० थान अति बिपन्न बिधार्थीलाई ड्रेस कापी कलम ७ जना भुतपुर्व शिक्षकलाइ सम्मान गरिएको छ।

कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिष्णु पौडेल गर्नु भएको थियो भने प्रमुख अतिथी वडा अध्यक्ष चन्द्रमणी बेल्वासे सदस्य दामोदर न्योपाने ,विशिष्ट अतिथी समाजसेवी मित्रलाल अधिकारी ,अतिथिहरुमा बिद्यालय प्र .अ बेद प्रसाद अधिकारी, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष बिजय गैरे,निवर्तमान अध्यक्ष भक्तिराम न्योपाने ,ज्योती भविस्वर बहुमुखी क्याम्पस ब्यबस्थापन समिती अध्यक्ष केसब सिंह बेल्वासे ,पत्रकार बिष्णु आले स्थानीय आमाबुवा शिक्षक बर्गहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो भने स्वागत मन्तब्य युबराज पौडेलले राख्नु भएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षले आफ्ना मन्तब्य प्रस्तुत गर्दै बिद्यालयलाई सबैले आबस्यकता अनुसार भौतिक ,नैतिक आर्थिक सहयोग गरि सबैले हातेमालो गरि नगरमा उत्कृष्ट बनाउन जोड दिनु भएको थियोे ।  वडा अध्यक्ष चन्द्रमणी बेल्वासेले बिगतको बर्षमा बिद्यालयको नतिजा अति कम्जोर देखिएको हुदा शिक्षक बिध्यार्थी अभिभावक एक ठिक्का भएर बिद्यालयको गुणस्तरलाई अभिविदृ गर्न जोड दिनुभएको थियो।

शितगङ्गा सेवा समाजका अध्यक्ष बिष्णु पौडेलले मन्तब्य राख्दै बिद्यालयलाइ हस्तान्तरण गरिएका सामान सहि सदुपयोग र बिद्यालयलाइ नमुना बनाउनु जोड दिनु भएको थियो। कार्यक्रमको सन्योजन तेज प्र अधिकारी ,लक्ष्यमण भट्टराई ,बिजय बिक, तुल्सिराम भन्डारिले गर्नु भएको थियो । कार्यक्रम बिजय बिकको सन्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु