उम्मेदवार टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

spot_img

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) दिउँसो २ः०० बजे बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहनेछ । इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुङ्गो लगाउन बैठक बोलाइएको हो ।

निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ । प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल र उमेदवार टुङ्गो लगाउने कांग्रेसको तयारी छ ।- एनपि