अब मन्त्रीहरूले हरेक दिन गरेका काम प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुपर्ने

spot_img

काठमाडौँ । सरकारका मन्त्रीहरूले हरेक दिन प्रधानमन्त्रीलाई आफूले गरेका कामबारे ‘ब्रिफिङ’ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताए ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्वारा भएको जानकारी गराएका हुन् ।

‘मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको छ ।

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"