प्रधानमन्त्रीकाे दावी : शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने

spot_img

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भ्रष्टाचार काण्डमा  आफ्नाे कार्यकालमा कसैलाई पनि नछाेड्ने दावी गरेका छन् । आफ्नाे निर्वाच क्षेत्र गाेरखा पुगेका प्रधानमन्त्री प्रचण्डले यस्ताे दावी गरेका हुन् । गाेरखा नै पुगेर डा बाबुराम भट्टराईले भने प्रचण्डले संसदबाट राजिनामा दिनुपर्ने वताएका थिए ।

“शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ” प्रधानमन्त्री प्रचण्डले भने । त्यस्तै  बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।

जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।

जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताउदै उनले यस्ताे निर्देशन दिएकाे बताएका हुन् ।

“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने  “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे ।  – एनपि

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"