सुनसरी हनिरगरमा प्रहरी टोलीमाथि आक्रमण डिएसपी सहित १५ जना प्रहरी घाईते

सुनसरी हनिरगर वडा नं-४ मा आइतबार अपराह्न फेरि प्रहरीको टोलीमाथि एक समूहले आक्रमण गरेको छ

बिहीबार हरिनगर वडा नं-३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार रामनगर भूटाहामा दोहोरो भिडन्त भएर घटनाले उग्र रूप लिएको थियो

साे पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइमा वार्ता भएको थियो। वार्तामा शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भयो। सहमति लगतै एक समूह वार्ता स्थलबाट निस्किएर अन्य समूह जुटाएर अन्धाधुन्ध प्रहरीमाथि आक्रमण भएको हो