राप्रपा विरोध प्रदर्शन : ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

तस्बिरः हरिराम भेटुवाल/रासस

spot_img

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले शाहीलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको हो । शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारी निषेधित सिंहदरबारतर्फ अघि बढ्न प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौँ केन्द्रित जनप्रदर्शन गरेको हो ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"