राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो : अध्यक्ष लिङ्देन

spot_img

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले राजनीति लेखपढले मात्र नहुने बताउनुभयो । उहाँले पछिल्लो दिनमा राजनीति विकृत भएको बताउनुभयो । उहाँले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेशा जस्तो सोचिरहेको बताउनुभयो । उहाँले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताउनुभयो ।

अध्यक्ष लिङदेनले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्वन गर्नुपर्ने बताउनुभयो ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"