एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

spot_img

काठमाडौँ एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।

प्रिमियर कपका लागि भारतको गुजरातस्थित वापीमा एसएमएस कप क्रिकोणात्मक सिरिजको उपाधि जित्दै नेपाली टोली बुधबार ओमान पुगेको हो।

त्यसअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ सँग दुई खेलको सिरिज जित्दै गुजरात पुगेको थियो।

सिरिजको दोस्रो खेलमा नेपालले बैशाख १ गते कतारसँग खेल्नेछ। तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग तथा समुह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

समूह ‘ए’ मा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। समुह बी मा आयोजक ओमानसँगै यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ।

सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ।

उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। सो दिन फाइनल खेल हुन नसकेमा १० गतेका लागि रिजर्भ  डे राखिएको छ। प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"