



काठमाडौं । एसीसी प्रिमियर कप २०२४ मा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ ओभर खेल्दै पूरा गरेको हो ।


ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
मलेसियाका कप्तान विरनदीप सिंह ७२ रनमा नटआउट भए । शर्विम मुनिआन्डी ४१ रन बनाउँदा अर्का ओपनर मोहम्मद आमिरले १६ रन बनाए आउट भए । बलिङतर्फ नेपालका लागि दीपेन्दसिंह ऐरीले दुई विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए ।














