अर्घाखाँचीमा ९ वर्षपछि कर्तव्य ज्यान मुद्दाको प्रतिवादी पक्राउ।

spot_img

-केशबराज ज्ञवाली , अर्घाखाची डट्कम्।

अर्घाखाँची – अर्घाखाँची आफ्नै सौतेलो भाइ हत्या गरेको अभियोगमा प्रहरिले एक युवकलाइ पक्राउ गरि अनुसन्धान जारी राखेको छ । तत्कालिन ठाडा गा.वि.स वार्ड नं-५ हाल शितगंगा नगरपालिका वार्ड नं १२ रजिया बस्ने २७ बर्षिय जनकराज भुसाललाइ राजन भुसालको हत्या अभियोगमा पक्राउ गरेको इलाका प्रहरी ठाडाले जनाएको छ ।

प्राप्त प्रमाणहरु र घटनास्थलको अध्ययन अनुसन्धानबाट जनकराज भुसालले नै राजन भुसालको हत्या गराएको खुल्न आएको प्रहरिले जनाएको छ । अभियुक्त जनकराज भुसालले थप सोधपुछको क्रममा २०८०/१२/२९ गते हत्या गरेको स्विकार गरेको र २०८०/१२/३० गते सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा उपस्थित गराएर थप ७ दिनको म्याद थप गरि थप अनुसन्धान जारी राखेको प्रहरिले जनाएको छ ।

२०७१।०८।१४ गतेको दिन अर्घाखाँची जिल्लाको साविक ठाडा गा.वि.स. वडा नं.५ हाल शितगंगा न.पा. वार्ड नं १२ रजियाको म्यालीखाल खोल्सामा राजन भुसालको टाउकोमा चोट लागि ढुङ्गाले पुरेको अवस्थामा मृत लाश फेला परेको थियो ।उक्त घटनामा प्रहरीले तत्काल घटना घटाउने व्यक्तिको पहिचान गर्न नसकेता पनि थप अनुसन्धानको क्रममा अभियुक्त पहिचान गर्न सफल भएको छ ।

घटनाको समयमा वर्ष १८, हाल वर्षको २७ को जनक राज भुसाल १८ बर्षको र मृतक राजन भुसाल १३ बर्षको भएको रहेको प्रहरिले जनाएको छ ।

 

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"

अन्य समाचारहरु