दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

spot_img

काठमाडौँ- नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन्। शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन हानेको छ।

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन्। यसअघि उनले मंगोलिविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए। एकै ओभरमा भने यो पहिलोपटक हो।  २१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"