सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

spot_img

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार दिउँसो खाजा समयपछि सुनुवाइ सुरु भएको हो ।

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित - Nepal Cover || Online News  Portal from Nepal in Nepali Language

यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो।

सन्दीपसँगै यो मुद्दामा बलात्कार पीडित भनिएकी परिवर्तित नाम गौशाला (६) को तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि किशोरी नाबालिग नरहेको फैसला गरेपछि सरकारी पक्ष उनी नाबालिग नै रहेको दाबीसहित उच्च अदालत पुगेको थियो । दुवै पक्षको पुनरावेदनको सुनुवाई एकैपटक भइरहेको छ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"