पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्याे

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्याे

 

 

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मङ्गलबार बिहानदेखि कायम हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।

नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो।

भारतबाट पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।