एन्फाका उपाध्यक्ष दावा लामा छुटे !

लागू औषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको लामाले सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि उनी छुटेका हुन्।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो। उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो। तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियाे।

लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले उच्च अदालतले छाडेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएकाे छ।