वर्षौंदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त बुझाएनन् : गृहमन्त्री रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन् ।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौंदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले रास्वपालाई सिद्धाउने षडयन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्काउने तागत कसैसँग नरहेको धारणा राखे ।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उनले बताए ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए ।