पाँचथरमा जीप दुर्घटना हुदा १४ जना घाइते

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार पाथिभारा मन्दिरको दर्शन गरी फर्कने क्रममा मे १ ज १९४७ टाटाको सुमो आइतबार बिहान १०:३० बजेको समयमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एकै परिवारका १३ सहित एक चालक गरी १४ जना घाइते भएको सूचना अधिकारी  कुश्वाहाले जानकारी दिए।