आज बालाजुको बाइसधारामा मेला, बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ ।

बाइसधारामा स्नान गरेमा मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास रहेको छ ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए भने पछि राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ धारा पु¥याएका हुन् ।

चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास पनि रहेको छ ।