कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहो¥याउनु भयो ।

बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाउनु भयो । काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो ।

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताउनुभयो ।