गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाए पछि खेल ४ रनले हारेको थियो।

यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

यो यस सिजनमा दिल्ली क्यापिटल्सको चौथो जित हो। यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक रहेको छ र सातौं स्थानमा रहेको छ।