नक्कली शरणार्थी प्रकरण : आङटावा र गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले अन्य ७ जनालाई थुनामै पठाउने उच्चको आदेश सदर गरे पनि यी दुई जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो।  शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको हो।

यसअघि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई भने साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश भएको छ।

-एनपि