अर्घाखाँचीः आयातित संक्रमितका कारण औलोको जोखिम उच्च छ (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची। 

बैशाख १३ (अप्रिल २५) गते विश्व औलो दिवस ! अर्घाखाँचीमा पनि “औलो बिरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं” भन्ने
मुल नारा सहित यो दिवस मनाईएको छ ।

May be an image of text that says "औलो बिरुद्रको लडाईलाई तिव्रता दिऔ. समतामुलक पहाँचको सिर्जना गरों (Accelerating the fight against malaria for a more equitable world) विश्व औलो दिवस, 2079 World Malaria Day (25th April, 2024) 25 APRIL APRIL WORLD WORARI WALARIA DAY आयोजक स्वास्श्य कार्यालय अर्ाखांची"

औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय अर्घाखाँचीद्धारा आयोजित कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाहले जिल्लामा स्थानीय बिरामी शुन्य हुुँदै गएपनि आयातित संक्रमितका कारण औलोको जोखिम भने उच्च रहेको बताउनु भएको छ ।

May be an image of 3 people, lighting and table

जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मिको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले अर्घाखाँची छिमेकी तराई क्षेत्र संग जोडिएको र तराईमा औलोको जाखिम बढि हुने भएकोले यहाँ औलोंको जोखिम बढी हुने बताउनुभएको छ । स्थानीय स्तरमा उब्जिएको नभई बाहिरबाट आएकाहरुमा देखिने संक्रमणलाई आयातित भनिने डाक्टर शाहको प्रष्टोक्ति थियो ।

May be an image of 3 people and text

ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटेपनि थकान महसुस भएमा औलों परीक्षण गर्नुपर्ने उहाँको जोड छ ।  एनोफलीज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने डाक्टर शाहको भनाई छ । यसैबीच औलो (मलेरिया)बाट बच्नका लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीले ल्याव परिक्षण र सचेतनामुलक अभियानलाई तिब्र पारेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गणेशराज पौडेलको भनाई छ ।

May be an image of 5 people and people studying

औलो बारे रिपोर्टिङलाई सजिलो बनाउन सरकारले एस.एम.एस. सिस्टम लागु गरेको र औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको स्वास्थ्य कार्यालय
अर्घाखाँचीका सुचना अधिकारी विजय वि.क.ले बताउनुभएको छ ।

औलोबाट बच्नका लागि घर, गाउँ, समुुदाय सफा राखि लामखुट्टेले फुुल पार्ने ठाउँहरुलाई समाप्त पार्ने, लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता काम गर्न स्वास्थ्य कार्यालय अर्घाखाँचीले आम नागरिकमा अपिल गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो मुक्त बनाउने सरकारको योजना छ ।

 

 

अन्य समाचारहरु