इलाम २ उपनिर्वाचन : नेम्वाङ, खड्का र लिम्बूले गरे मतदान

इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ ।

मतदानपछि सुहाङ नेम्बाङले भने- इलाम नयाँ युगमा अग्रसर भएको छ

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू लगायतका १९ जना उम्मेदवारहरुले आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

-एनपि