देशभर आगलागी र वन डढेलोको समस्या विकराल बन्दै

काठमाडौं । देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ ।

ती मध्ये अधिकांश डढेलो आज पनि नियन्त्रणमा आउन सकेको छैन । तत्काल ठूलो वर्षाको संभावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान छ ।

बैशाख लागेयता देशका १३ सयभन्दा बढी ठाउँमा डढेलो र आगजनीका घटना भएका छन् । यी घटनामा २४ जनाको मृत्यु भईसकेको छ । हिजो मात्रै ललितपुरको गाादावरीमा डढेलो निभानउनेक्रममा स्थानीय दुई जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहारी र रमेश पहारीको मृत्यु भएको हो ।