फाइल फोटो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए । उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने बताएका छन् ।