सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने बताएका छन् ।

पार्टीको संसदीय दलको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले संसदीय छानबिन समिति बनाउनेगरि तयारी गरेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदले आगामी मन्त्रिपरिषद् बैठकमा त्यसबारेमा ठोस निर्णय लिने भनेर प्रधानमन्त्री दाहालले भनेका छन् । यद्धपी प्रधानमन्त्री दाहालले कुनै नेतालाई ताकेर भने छानबिन समिति बनाउन नलागिएको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउनुअघि सर्वदलीय बैठक बोलाउने तयारी गरेको पनि जानकारी गराएका थिए ।

– Repoters Nepal