सन्दीप बने सर्वाधिक फेसबुक फ्लोअर पाउने खेलाडी

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने फेसबुकमा सर्वाधिक फ्लोअर पाउने खेलाडी बनेका छन् । उनको आधिकारिक फेसबुक पेजमा जोडिनेको संख्या १० पुगेसँगै सर्वाधिक फ्लोअर भएका खेलाडी बनेका हुन् । बुधवार मात्रै उनको फेसबुक पेजमा यो आँकडा पार लागेको हो ।

क्रिकेटर लामिछानेले आफ्नो पेजमार्फत खेलसम्बन्धी गतिविधि तथा आफ्नो व्यक्तिगत धारणा शेयर गर्दै आएका छन् । उनले इण्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लिग जस्ता विश्वका चर्चित टी २० क्रिकट खेल खेलेका थिए ।