अमेरिकी सहायता परियोजना (एमसीसी) काे पहिलाे ठेक्का : बुटवल सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता

काठमाण्डाै – अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ ।

एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार ३९ महिनाभित्र सब स्टेशनको निर्माण सम्पन्न हुनेछ ।

सम्झौता कार्यक्रमका क्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताउनुभयो । अब बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको विष्टको भनाइ छ ।

एमसीए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको एमसीसीबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत नवलपरासीसँगै नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि सबस्टेशन निर्माण गर्दैछ ।

-एनपी