

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
आईपिएलमा कोलकताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।


हैदराबादले दिए एक सय १४ रनको लक्ष्य कोलकताले १०. ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेद्न कोलकताका आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए ।












