


विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग दुई अफिसियल वार्मअप म्याच खेल्न लागेको हो। नेपालले अमेरिकासँग मे ३० मा दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने तालिका छ। अमेरिकासँगको खेलपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ।
विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो। जहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो। जसमा नेपाल २–१ ले विजयी भएको थियो। त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्यो। दुवै अभ्यास खेलमा नेपाल विजयी भयो।












