

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्ने अन्तिम प्रयास पनि असफल भएको संकेत आएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न अमेरिका जानका लागि सन्दीपले भिषा पाउन सकेका छैनन् ।



सामाजिक सञ्जालमार्फत उनले सोमबार आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा आफू खुसी भएको लेखेका छन् ।












