अर्घाखाँची । मिति २०८१/३/१८ गते देखि निरन्तर रुपमा अविरल वर्षा परेको कुरा सबैलाई जानकारी नै छ।


सो सम्बन्धमा भेडामारा देखि सिमलपानी हुदै पावरा सडक अन्तरगत धेरै ठाउँमा ग्रावेल बगाएको छ । नाली पुरेको छ । पहिरो गएको छ । वाटो बगाएको छ। यो झरीमा जे सी वि ले वाटोमा खन्न थाल्ने हो भने चक्काले झन वाटो बिग्रिन्छ ,अनि फेरी तपाईहरुले नेताले पैसा खान यो झरिमा जेसिवि लगाउन थाले भन्नु हुन्छ ।


पूर्वाधार निर्माणमा १५ % जनश्रमदान निति छ । सम्पुर्ण वडावासी तथा अन्य जिल्ला स्थान र शहरीय जिवन विताई राख्नु भएका महानुभाव ज्युहरुलाई ग्रामिण जिवनमा सरिक भई आफ्नो गाऊँ आफै बनाऊ भन्ने मूल नारालाई अङ्गिकार गर्दै मेरो वडा म बनाउँछु भन्ने अभियानमा सरिक हुन अपिल गर्दछु ।


तसर्थ मिति २०८१/३/२५ गते देखि भेडामारा सिमलपानी मोटर वाटोमा नाली सोहोर्ने ढुङ्गा सोहोर्ने; ह्यूम पाईप सफा गर्ने; ढुङ्गा सोलिङ गर्ने; पहिरो फाल्ने जस्ता काम श्रम शिविर मार्फत गर्ने भन्ने यस वडा कार्यलयले निर्णय गरेकोले तपाई हामी यस शिविरमा किन नजोडिने ? श्रमदान किन नगर्ने ?

जनप्रतिनिधिको मात्र मुख ताकेर हुन्छ ? जनप्रतिनिधिलाई सरापे र गाली गरेर विकास हुन्छ ? निरन्तर अन्यत्र बगेको पानी बाटोमा लगाई दिने तपाईहरु त्यसपछि बाटो बिग्रने हामीलाई गाली गरेर सुख पाईन्छ ? त्यसैले यहाँ नगरे कहाँ गर्ने हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? सम्पूर्ण महानुभावहरुको सोच परिवर्तन हुन जरुरी छ। सधै सबै र सँगै एक मन एकताका साथ अगाडी बढौ विपद प्रतिकार्य योजना बनाऊ ।

सतर्कता अपनाऔ । श्रमदानमा जुटौ ! सामाजिक सन्जाल तताउने होइन खुरुक्क वाटोमा आउने वाटो तताउने हामीलाई सहयोग गर्ने मनका तनका धनीहरुले । यानकि कमेन्टमा मात्र जुवारी नगरौ । हातेमालो गरी अगाडी बढौ । हामी तयार छौ । मातृभूमीलाई मायाँ गरौ सधै घृणा गर्दा श्राप लाग्ला हजुर! बांकी भेटमा विस्तार…












