भारत: भोपालमा नेपालीको कावड यात्रा तेस्रो दिन मण्डीदिप देखी भोपाल पशुपतिनाथ मन्दिर तर्फ, आज मन्दिरमै भजनकिर्तन भोली जलाभिषेक कार्यक्रम ।(तस्बिर सहित)

डिआरजी सुमन 
अन्तर्राष्ट्रीय व्युरो भारत  भोपाल ,अर्घाखाँची डटकम् ।

आईतवार, २० साउन, भारतको मध्यप्रदेश राजधानी भोपालमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपाली समुदायले यस क्षेत्रमा आफ्नो गाँउघरमै जसरी महत्वपूर्ण कार्यक्रम गर्दै आएका छन ।

May be an image of 4 people

नेपाली सामुयले हरेक वर्ष श्रावण महिनामा गर्दै आएको कावड परम्परालाई यस वर्ष पनि कावड यात्रा गरी भगवान पशुपतिनाथलाई नर्मदाको जलले अभिषेक गर्ने छन् । श्री पशुपतिनाथ नेपाली समाज मन्दिर गोविन्दपुरा भोपालमा श्रावण महिनाको पावन अवसरमा भदौ ३ गते शनिबार मध्यप्रदेशक जीवनदाता आमा नर्मदाको जल अर्पण गरिएको श्री पशुपतिनाथ नेपाली समाज मन्दिर गोविन्दपुरा भोपालका अध्यक्ष लोकमणि घिमिरेले जानकारी दिनु भएको छ ।

May be an image of 6 people

नेपाली समुदायका १५० भन्दा बढी कावड यात्री बोल बमको जयजयकार गर्दै भोपाल प्रस्थान गरेका छन् । शनिबार कंवर तीर्थयात्री पैदलै मण्डिदीप पुगेका थिए । मण्डिदीपमा रात्रि विश्राम गरेपछि आइतबार बिहान सबै भक्तजन भोपाल प्रस्थान गरेका छन ।

May be an image of 4 people

नेपाली तथा भारतीय सामुदायमा राम्रोसग मेलमिलापयुक्त वातावरणमा आपसी सद्भाव युक्त विभिन्न कार्यक्रम गर्दै आएका नेपाली सामुदायले मध्यप्रदेश सरकार ले हेर्ने सरकारी दृष्टिकोण पनि सम्मान जनक नै रहेको छ । भारतको मध्यप्रदेशको राजधानी शहर भोपाल पहाड़ी भूभाग हरियाली वातावरण विचमा स्थापित नेपाली सामुदायको अस्थित्व पनि सम्मानजनक नै भएका कारण वर्तमान समयमा भोपाल नै स्थायी रुपमा वसोवास गर्ने नेपाली समुदायको पनि संख्यामा वृद्धि भएको छ । भोपालको औद्योगिक क्षेत्र गोविन्दपुरामा भव्य मन्दिर स्थापित छ भने विभिन्न पर्वमा यस मन्दिरमा कार्यक्रम हुदै आएका छन ।

May be an image of 7 people

आज आइतबार साँझसम्म कावड तीर्थयात्री भोपालस्थित नेपाली समाज मन्दिर पुग्नेछन् भने भगवान श्री पशुपतिनाथलाई भदौ ५ गते बिहान ८ बजे कावड जलले अभिषेक गरिने छ । त्यस अवसरमा स्थानीय तथा विभिन्न तहका जनप्रतिनिधि तथा प्रतिष्ठित व्यक्तित्वहरुको समेत उपस्थिति रहने गरी सोमबार बिहान ८ बजे कावड यात्रीले ल्याएको नर्मदा जलले भोलेनाथको अभिषेक हुने भएको वताईएको छ ।

यस पटकको कावड यात्रामा समाजका वर्तमान अध्यक्ष लोकमणि घिमिरे, पूर्वअध्यक्ष विष्णु शर्मा, उपाध्यक्ष शिव वहादुर गुरुङ, मोहन पाण्डे, किशोर अधिकारी, गणेश पाण्डे, शरण भण्डारी, बालकुमार श्रेष्ठ, खुमान्द भण्डारी, अनिल पाण्डे, सूर्यनारायण पन्थ लगायत १५० भन्दा बढी कावड तीर्थयात्रीको सहभागिता रहेको थियो ।

तीन दिन देखीको अविरल वर्षाविचको पद जारी यात्रा आफैमा कठिनाई परेको देखिएको छ यद्यपि आज तेस्रो दिन कावड यात्रा राजधानी भोपाल स्थित पशुपतिनाथ नेपाली समाज को मन्दिर परिसर गोविन्दपुरा पुगेर विभिन्न धार्मिक कार्यक्रम सँगै भजनकिर्तन गरी रात विताउने छ भने भोली सोमवार जलाभिषेक गरी एक औपचारिक कार्यक्रम विच कावड यात्रा समापन गरिने वताईएको छ ।

तस्वीर : सरिता भण्डारी,भोपाल, अर्घाखाँची डटकम् ।

May be an image of 4 people

May be an image of 7 people