संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनामा अर्घाखाँचीको प्रगति ९२ प्रतिशत

 

-सुर्य प्रसाद भुसाल ।

सन्धिखर्क ,अर्घाखाँची –  सघिय खानेपानी ढल ब्यबस्थापन आयोजना अर्घाखाँचीको अार्थिक बर्ष २०८०/२०८१ को बार्षिक भौतिक प्रगति ९२ प्रतिसत र बित्तिय प्रगति ८८ प्रतिसत भएको सो आयोजनाले जनाएको छ ।

आयोजनाको कार्यक्षेत्र भित्र पर्ने तीन जिल्ला अर्घाखाँची गुल्मि पाल्पा जिल्लामा योजनाका कामहरु अहिले निरन्तर रुपमा अगाडि बढेको आयोजनाका सिनियर डिभिजन ईन्जिनियर किरण अाचर्यले जानकारी दिए अाचर्यका अनुसार ३ जिल्ला मध्ये अर्घाखाँची मा १८ गुल्मी मा २५ पाल्पामा २५ गरि ६८ योजनाहरु अार्थिक बर्ष २०८०/२०८१ मा आयोजना सग सम्झौता भएकोमा तीन जिल्लामा ११ बटा योजनाहरु यस बर्ष सम्पन्न हुदा ३७९० परिवार लाभग्राहि तथा ७७४ घरधुरि ले खानेपानी १ घर १ धारा योजना अन्तरगत लाभान्वित भएका प्रमुख अाचर्यले अर्घाखाँची डटकमलाई लाई जानकारी दिए ।

योजनाहरु धेरै बहुबर्षिय छन यस अार्थिक बर्ष २०८१/२०८२ मा ३ जिल्लामा १११ बटा योजनाहरु छनोट भएका छन भने यस अार्थिक वर्ष मा तान्सेन कालिगन्डकि बृहत् पम्पिङ खानेपानी योजना पाल्पा र बर्तुङ खानेपानी योजना पाल्पाका २ ठुला योजना र छत्रकोट बृहत् पम्पिङ खानेपानी योजना गुल्मि रेसुङ्गा खानेपानी योजना गुल्मि गरि ४ वटा ठुला योजनाहरु समेत यसै बर्ष सम्पन्न हुने गरि काम दुर्त गतिमा अगाडि बढेको सिडिई किरण अाचर्यले जानकारी दिए । अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यलय भएपनि अर्घाखाँची भन्दा योजनाहरु गुल्मी र पाल्पामा धेरै छन ।

 

images

यस आयोजनामा प्रमुखको रुपमा सिनियर डिभिजन ईन्जिनियर किरण आचार्यले जिम्मेवारी समालेपछि कामले दुर्त गति लिएको योजनाका उपभोक्ताहरुले बताउछन । अायोजना ठुलो भएपनि दरबन्दि अनुसारका कर्मचारीहरु कार्यलयमा नभएको अबस्थामा थोरै जनसक्ति ले ९२ प्रतिसत आर्थिक ८८ प्रतिशत भौतिक प्रगति अार्थिक वर्ष २०८० / २०८१ मा देखाउनु ठुलो उपलब्धि भएको सघिय खानेपानी मन्त्रालयको दाबि छ। कर्मचारीहरु दिन रात नभनि खटेर काम गरेपछि प्रगति राम्रो देखिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला बताउछन ।

images

तीन जिल्लामा फिल्ड हेर्नू पर्छ म दैनिक फिल्डमा पुगेर गुणस्तरीय काम गराउनका लागि खट्ने गरेको छु ।अर्को बर्ष १०० प्रतिसत प्रगति देखाउने गरि काम गर्ने लक्ष्य लिएको अायोजना प्रमुख किरण आचार्य ले प्रतिबद्धता ब्यक्त गरे उनले भने म जहाँ जान्छु त्याहा नमुना बनाउछु मैले भष्टचार मुक्त शून्य सहनशिलता पारदर्शी कार्यलय बनाउने प्रयासमा छु तपाईं हरुको सहयोग भयो भने त्योकुरा सम्भब भएको उनी दाबि गर्छन । बिगतका बर्षमा लगाईएका बहुवर्षिय ठेक्काहरु पनि यो बर्ष आम्सिक रुपमा सन्तोषजनक प्रगति भएको आयोजनाका ईन्जिनियर सुदिप ज्ञवालीले बताए ।

images

बहुबर्षिय योजनाको काम पनि ३ जिल्लामा दुर्त गतिमा अगाडि बढिरहेका छन । कार्यलय प्रमुखले राम्रोसँग काम गर्न सहजिकरण गर्ने गरेको कारण धेरै काम गर्न सजिलो भएको बिडारि निर्माण सेवाका सन्चालक बरिस्ठ निर्माण ब्यबसायि राजकुमार बिडारिले बताए । अर्घाखाँचीमा भन्दा धेरै ठुला योजनाहरु गुल्मि जिल्लामा छन भने अर्घाखाँची जिल्लामा पनि ठुला योजनाहरुको काम अगाडि बढने तैयारीमा रहेको कार्यलयका कम्प्युटर अधिकृत कृष्ण बर्माले बताउछन उनी भन्छन । कार्यलयमा डिभिजन ईन्जिनियर सहित ४ जना ईन्जिनियरको दरबन्दी भएपनि हाल सम्म १ ईन्जिनियर १ कार्यलय प्रमुख ले तीन जिल्ला का १११ योजनाहरुको फिल्ड निरिक्षण गर्ने बिल बनाउने नापजाँच गर्ने गरेका छन । अर्घाखाँची जिल्लामा ढलको समेत काम योजनाका साथ स्थापना भएको सो कार्यलयले ढलको काम भने सुरु नगरेको बुझिएको छ ।