तिज : “तिज विशेष र यसको महत्व”

  -काशिराम घिमिरे, काठमाडौं ।

हिन्दू परम्परा अनुसार नारी हाम्रा आमा दिदिबहिनी हुन । नारीलाई हाम्रो धर्म अनुसार देवि, भगवती ,सरस्वती मानिन्छ।हरेक ठाउँमा नारिको सम्मान छ। नारी बिनाको संसार परिकल्पना गर्न सकिदैन । हरेक पर्वमा नारिको विशेष महत्व छ।त्यसमाथि तिज नारिको विशेष पर्व मानिन्छ।

हिन्दू नारिहरुको तिजपर्व यतिखेर सुरुहुन लागेको छ। हाम्रो हिन्दू सस्कार परम्परा अनुसार हरेक चाँडपर्व उत्तिकै महत्वपूर्ण मानिन्छन् त्यस अन्तर्गत तिजपनी एउटा विशेष पर्वमा पर्दछ। खासमा महिला हरु बिबाह भएपछि माइतीघर छाडी आफ्नो घरमा जाने गर्दछ्न । यो तिजपर्वमा दाजुभाइ आफ्ना; दिदिबहिनी लिन चेलीबेटीकोमा जाने गर्दछ्न। जसले गर्दा विभिन्न माद्यम बाट चेलीबेटी ल्याउने गर्दछ्न।

आफ्ना दिदिबहिनी घरमा ल्याइ रमाइलो गर्ने गर्दछ्न साथमा दिदिबहिनी हरुले आफ्ना दु:ख बेदना हरु लाई समेटी आफ्ना शुख दु:खहरु गित बाट पस्केका हुन्छ्न ।सधैंभरी आफ्नोघरको ब्यस्तताले गर्दा केही दिन भएपनि माइतीमा बुवाआमा सँग भेटगर्दा आनन्दको अनुभुती हुने गर्दछ। यो तिज पर्व हाम्रो हिन्दु सस्कार परम्परा हो। हाम्रो रितिरिवाज हो । साच्चिकै भन्दा तिज महिलाहरुको विशेष पर्व हो।

Interesting Facts about Teej that you should know - Nepal Sanctuary Treks

यसको महत्व धर्म संस्कृतिसँग जोडिएको छ।जसमा बिबाहित महिलातथा चेलीहरुआफ्नो जन्मठाँउ संम्झिआफ्नो आमाले पकाएको मीठो दरखान आउने गर्दछ्न ।आमाले पकाएको खानात कस्लाइपो मीठो लाग्दैन र तर समय परिस्थितिले त कसैलाई टाढा बनाएको हुन्छ। जसले गर्दा मन खिन्न बनाएको हुन्छ ।

संम्भव भएसम्म सबै माइतीआउने गर्दछ्न ।तिजमा विशेष त अनदिको चामलको खिर र खाजा काक्रोको अचार तामा, बोडिको तरकारी ,विशेष मानिन्छ।प्राय दुधजन्य बस्तुबाट बनेका चिजहरु खिर खाने परम्पराले गर्दापनि यसलाई दर भन्ने गरिन्छ। जसमा मिहिनेतका साथ बनाइ सबैले एकठाँउमा सँगैबसि रमाइलोसाथ खाने गरिन्छ।
बुबाआमा दाजुभाइ दिदिबहिनी सँगैबसी दर खाइन्छ जसले गर्दा रमाइलोको अनुभूति हुनेगर्छ।त्यसको साथै दिदिबहिनी हरुलाइ नयाँ ,नयाँ लुगा कोसेली हरु चुराटिकि दिने चलन हाम्रो परम्परा अन्तर्गत छ। यो पर्व प्राय भाद्रशुक्ल दिप्तियदेखि पञ्चमीसम्म चारदिन मनाउनेगरिन्छ यसमा खासत यो तिजमा भगवान् शिवको पूजा आरधना गरिन्छ।यो पर्वमा अभिबाहित महिलाले राम्रो पति पाँउभनी र बिबाहितले आफ्नो पतितथा परिवारको सु-स्वास्थ र पारिबारिक गतिविधि राम्रो र शुखशान्ती होस भनी व्रत एवं पूजागर्ने चलन छ।
Teej | Famous Festival Celebrated In Nepal
हिन्दू परम्परा अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको बिबाह भगवान् बिष्णु सँग गरिदिन भनी भनेकोमा आफ्नोबुबाको कुरा चित्त नबुझी, जङ्गलमा गइ, १०७सातौं जन्मसम्म घोर तपस्यागरी, पूरा नभइ, १०८औं जन्ममा पुराभएको पाइन्छ ।साथै सयौं बर्ष बस्दापनी पुरा नहुँदा शिवलिङ्को स्थापना गरि पानीपनी नखाइ पार्वती निराधार व्रत बस्दा शिवजी प्रकट्भइ चिताएको पुग्छभनी आशीर्वाद दिएको र शिवपार्वतिको यसरीनै बिबाहभएको पाइन्छ ।त्यसैलाई मध्यनजर राखी यो पर्व मनाउने गरिन्छ।
Teej festival marked with fanfare
यो पर्व भाद्रशुक्ल त्रितियाकादिन मनाउने यसमा अघिल्लो रात दिप्तियका दिन दरखाने र तिजको दिन बर्तबसिन्छ र चौथिको दिन स्नानगरि तिजको तेस्रो दिनमा ऋषिपंञ्चमीको तयारी गरिन्छ चौथोदिन बर्तालु महिलाले ३६५ दत्तिवोलले दात माझि माटोले लेपन गरि, सत्तऋषिको पूजागरी टिका लगाइ, दान दक्षिणा गरि , नाँचगान गरि, यो पर्वमनाउने गरिन्छ।
तिजमा टिपिकल नेपाली धर्म संस्कृती अन्तर्गतका आफ्ना डाँडाकाँडा हरुमा गुन्जिने ,सुवाउदो र परम्परा अनुसारको सब्दनै राम्रो हुन्छ ।भरसक आफ्नो रितिरिवाज अनुसार गाएको राम्रो हुन्छ ।
 आफुले देखेका भोगेका सत्य तथ्य घटना हरुलाइ गित संगीतको माध्यम बाट बाहिर ल्याउनु र अन्याय ,अत्याचार र बिसङ्ती सत्य तथ्य घटना लाई टिपि आफ्ना आवाज बुलन्द गर्नुपर्छ ,पहिले नारिहरुले आफुले बर्ष भरी पाएका मेला पात हरुका दु:ख बेदना हरु लाई आधार बनाइ आफू नाँच्ने समयगित गाँउदै नाँच्दै गित झिक्दै नाँच्दै गरेको बेदना पोखेको पाइन्थ्यो तर आजकाल त्यो कमि देखिन्छ।समय परिस्थिति अनुसार धर्म संस्कृतीलाई छुने खालका मिठा शब्द र भाकाहरु कम छ्न ।आफैले गित झिकेर तालि पिटेर नाँच्ने चलन कम छ ।
Teej as irresistible festival of Nepal - Tours and Treks Nepal
पार्टी प्यालेसमा गई डेक बजाइ नाँच्ने चलन छ ।नयाँ व्यावसायिक गित हरु बजारमा आउने गरेका छ्न त्यो भन्दा आफ्नो धर्म सँस्कृती हरुलाइ छुने र मौलिकता झल्किने ,सब्दराखेर गाउँदा राम्रो हुन्छ।तिजलाइ भडकिलो सैलिमा देखासिकी रुपमा मनाउनुभन्दा आफुले सक्दो र सरल तह बाट मनाउनु पर्छ। यसलाई धर्म सँस्कृती परम्परा अन्तर्गत रहेर र रितिरिवाज अनुसार मनाउनु पर्छ।
 जुन घरमा नारिको सम्मान हुन्छ त्यो घर शुखी, खुशी हुन्छ।घरमा लक्षिन हुन्छ।घर उज्यालो हुनेगर्छ। २१औं सताब्दिका नारिहरु आज हरेक कुरामा अगाडि छ्न पढन ,लेख्न, साथै बौद्धिक क्षेत्रमा, निकै नारी अगाडि छ्न! यो खुशिको कुराहो खाली चुलो चौकोमा नारि सिमित छैनन! राज्यका गरेक क्षेत्रमा नारीहरु देख्न सकिन्छ।
  लेखक: -काशिराम घिमिरे