

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने आठ वटा टोलीको स्वामित्व टुङ्गो लागेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टिमका लागि गरेको लिलामी प्रक्रियामा टोलीको स्वामित्व टुङ्गो लागेको हो ।
टिम पोखरा सबैभन्दा धेरै मूल्यमा बिक्री भएको छ । टिम पोखराको स्वामित्व तीन करोड ५७ लाखमा नेपाल टी–२० क्रिकेट प्रालीले पाएको छ । यस्तै टिम काठमाण्डौको स्वामित्व तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेशन्स प्रालीले पाएको छ ।

टिम जनकपुरको स्वामित्व दुई करोड पाँच लाख रुपैयाँमा ड्रिम स्पाेर्ट्स प्रालीले पाएको छ । यस्तै टिम लुम्बिनीको स्वामित्व फर्चुना हेल्थ केयर प्रालीले एक करोड ८६ लाख चार रुपैयाँमा पाएको छ ।
टिम चितवनको स्वामित्व एक करोड ७६ लाख एक हजार रुपैयाँमा चितवन मेडिकल कलेजले पाएको छ । यस्तै टिम सुदूरपश्चिमको स्वामित्व इम्पायर स्पाेर्ट्स म्यानेजमेन्ट प्रालीले एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा पाएको छ ।

टिम विराटनगरको स्वामित्व एमएडी ड्रिम्स स्र्पाेट्स प्रालीले एक करोड ५१ लाख रुपैयाँमा स्वामित्व पाएको छ । यस्तै टिम कर्णाली सबैभन्दा कम मूल्यमा बिक्री भएको छ । टिम कर्णालीको स्वामित्व एक करोड ११ लाख ७० हजार रुपैयाँमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालीले पाएको छ ।
क्यानले आयोजना गर्न लागेको टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।




