होटल, रेष्टुरेन्ट, बारमा डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाइने

डिजिटल भुक्तानीमा उत्साह, एक महिनामा साढे ५२ खर्बको कारोबार

काठमाडौं ।  होटल, रेष्टुरेन्ट, बार, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने भएको छ ।

आन्तरिक राजस्व विभागले विद्युतीय भुक्तानी गर्नेलाई प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको हो ।

उपभोक्ताले होटल, रेष्टुरेन्ट, बार, मोटल, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता पाउने छन् ।

डिजिटल भुक्तानीमा उत्साह, एक महिनामा साढे ५२ खर्बको कारोबार

तर यसका लागि केही शर्तहरू समेत तोकिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता प्रणालीमा आवद्ध हुनु पनर्नेछ ।

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोवाईल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

विद्युतीय बिजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्यअभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६ बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्ने जानकारी समेत विभागले दिएको छ ।

सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६’ बमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ ।

प्रणालीमा आवद्ध विक्रेताले आफ्नो कारोवार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ ।

null