नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजिनामा

 

काठमाडौं–  पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाएका हुन्।  आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

यसअघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए।

उनको राजीनामापछि कार्यावाहक तोकिएका विष्टले शुक्रबार केन्द्रीय कार्यसमितिलाई राजीनामा बुझाएका हुन्।

उनले राजीनामापत्रमा भनेका छन्, ‘पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु¥याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो। संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ।’

यसअघिका महासंघका अध्यक्ष विपुल पोखरेलले पनि गत भदाै २४ गते निर्वाचन गराउन नसक्ने भन्दै पदबाट राजिनामा दिएका थिए। 

images

नियमित रुपमा महासंघकाे निर्वाचन भएकाे भए गत असार २६ मा हुनुपर्ने थियाे तर महासंघमा सदस्यता विवादका कारण चुनावको मिति सर्दै आएकाे थियाे।

उनले राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासंग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका थप्न बाध्य बनाएकाे बताएका छन्।

images

 

images

 

 

Nepal life insurance